2 Samuel 1:16 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले त्यस अमालेकीलाई भनेका थिए, “तँ आफैंले तेरो मृत्यु आफूमाथि ल्याएको होस्। जब तैँले परमप्रभुले राजा चुन्नुभएको व्यक्तिलाई मैले मारें भनिस्, तब आफ्नै मुखले आफैंलाई दोषी ठहराइस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि दाऊदले त्यसलाई यसो भनेका थिए, “तेरो रगत तेरै शिरमाथि परोस्। जब तैंले भनिस्, ‘मैले परमप्रभुका अभिषिक्त जनलाई मारें,’ तब आफ्नै मुखले तैंले आफैलाई दोषी ठहराइस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि दावीदले त्यसलाई भनेका थिए, “तेरो मृत्युको जिम्मेवार तँ आफैँ होस्, किनकि तैँले आफ्नै मुखले तेरो विरुद्धमा साक्षी दिइस् र तैँले भनिस्, ‘मैले याहवेहको अभिषिक्त जनलाई मारेँ।’ ”