2 Samuel 1:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेस्रो दिन शाऊलको छाउनीबाट एउटा केटा त्‍यहाँ आइपुग्‍यो। त्‍यसले शोक प्रकट गर्दै आफ्‍नो लुगा च्‍यातेको र टाउकोमा धूलो हालेको थियो। त्‍यो दाऊदको सामु गयो र भूइँमा घोप्‍टो परी उनलाई दण्‍डवत् गर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शाऊलका मृत्‍युको तेस्रो दिन आफ्‍नो लुगा च्‍यातेको र टाउकोमा धूलो हालेको एक जना मान्‍छे शाऊलको शिविरबाट आयो। जब त्‍यो दाऊदको सामु आइपुग्‍यो, त्‍यसले भूइँमा घोप्‍टो परेर दाऊदलाई दण्‍डवत्‌ गर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेस्रो दिन शाऊलको छाउनीबाट फाटेको लुगा लगाएको र टाउकोमा धुलो हालेको एक जना मानिस दावीदकहाँ आयो। जब त्यो दावीदकहाँ आयो, तब दावीदलाई सम्मान दिन भुइँमा घोप्टो परेर त्यसले दण्डवत् गर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
तब तेस्रो दिनमा एउटा जवान सैनिक सिकलगमा आयो। त्यो मानिस शाऊलको छाउनीबाट आएको थियो। त्यसका लुगाहरू च्यतिएको र शिरमा मैला लागेको थियो। त्यसले दाऊदको अघि धोप्टो परेर उनलाई सम्मान गर्न दण्डवत् गर्यो।