2 Samuel 1:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा गातलाई नसुनाऊ अथवा अश्‍कलोनको सडकमा भनी नहिंड्। पलिश्‍ती नारीहरूलाई खुसी नतुल्‍याऊ; मूर्तिपूजकका छोरीहरू रमाउन नपाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गातमा यो कुरा नसुनाऊ, अश्‍कलोनका सड़कहरूमा यो कुरा प्रचार नगर, नत्रता पलिश्‍तीका छोरीहरू रमाउनेछन्, नत्रता खतना नभएकाहरूका छोरीहरू हर्षित हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गातको सहरमा यो कुरा नभन्‍नू, न त अश्कलोनका गल्‍लीहरूमा घोषणा गर्नू, नत्रता पलिश्तीका छोरीहरू खुशी होलान्, त्यसरी नै खतना नभएका छोरीहरू आनन्दित होलान्।
Nepali ERV (पवित्र बाइबल)
गातमा यो समाचार नभन। अश्कलोनका बाटाहरूमा यो प्रचार नगर ती पलिश्ती शहरहरूले खुशी मनाउँछन् ती विदेशीहरू रमाउने छन्।