2 Samuel 1:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“गिल्‍बोका पहाडमा पानी वा शीत नपरोस्, त्‍यसका खेतबारी सधैँ सुक्‍खा रहोस्! किनभने योद्धाहरूका ढाल त्‍यहाँ अपमानसाथ लडिरहेका छन् र शाऊलको ढाल अब तेल मलेर चम्‍काइँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे गिल्‍बोका डाँड़ाहरू हो, तिमीहरूमाथि शीत कि पानी नपरोस्, न त तिमीहरूमा अन्‍न दिने खेत नै होऊन्‌। किनभने योद्धाको ढाल त्‍यहाँ अशुद्ध भयो, शाऊलको ढाल तेलविनै निस्‍तेज भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे गिल्बोका डाँडाहरू हो, तिमीहरूमाथि शीत नपरोस्, न त वृष्‍टि होस्, न त तिमीहरूका खेतमा अन्‍न दिने पानी परोस्; किनकि त्यहाँ वीर मानिसको ढाल अशुद्ध पारियो, शाऊलको ढाल—अब उसो तेल लगाइनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
म आशा गर्छु कि गिल्बोका पर्वतहरूमा पानी अथवा शीत झर्ने छैन। म यो पनि आशा गर्छु ती खेतहरूले केही पनि भेटी स्वरूप उब्जाउने छैनन्। ती वीरहरूका ढालमा खिया लाग्यो शाऊलका ढालमा तेल मोलिएन।