2 Samuel 1:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“शाऊल र जोनाथन कति प्यारा र कति सुन्दर थिए; जीवनमा पनि एकसाथ मृत्युमा पनि एकसाथ; चीलहरूभन्दा बेगवान् र सिंहहरूभन्दा बलिया थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“शाऊल र जोनाथन जीवित हुँदा मनपर्दा र मयालु थिए। मृत्युमा पनि उनीहरू अलग भएनन्। उनीहरू गरुडहरूभन्दा पनि तीव्र थिए, सिंहहरूभन्दा पनि बलिया थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“शाऊल र जोनाथन तिनीहरू जीवित हुँदा प्यारा र मनोहर थिए; अनि तिनीहरूलाई मृत्युले पनि छुटाउन सकेन। तिनीहरू गरुडभन्दा फूर्तिला थिए, तिनीहरू सिंहहरूभन्दा पनि बलिया थिए।
Nepali ERV (पवित्र बाइबल)
शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे र जीवनको आनन्द मनाए, अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन। तिनीहरू एउटा गरूड भन्दा छिटो थिए र एउटा सिंह भन्दा बलिया थिए।