2 Samuel 1:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले भने, “के भयो। मलाई सबै भन्।” त्यसले जवाफ दियो, “हाम्रो सेना लडाइँको मैदानबाट भाग्यो र हाम्रा धेरै मानिसहरू मारिए। शाऊल र उनका छोरो जोनाथन पनि मारिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि दाऊदले त्यसलाई फेरि सोधे, “समाचार के छ त?” “मलाई भन्।” त्यसले भन्यो, “सेना रणभूमिबाट खेदियो, र लड़ाइँमा धेरै जना मारिए। शाऊल र उनका छोरा जोनाथन पनि मारिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले त्यसलाई फेरि सोधे, “त्यहाँ के भयो? मलाई भन्।” त्यसले भन्यो, “सेनाहरू लडाइँबाट भागे, र धेरै जना मारिए। अनि शाऊल र तिनका छोरा जोनाथन पनि मारिएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
दाऊदले भने, “मलाई भन, के भयो?” त्यसले भन्यो, “हाम्रा सबै सैनिकहरू भागे। धेरै मानिसहरू मारिए। शाऊल र तिनका छोरा जोनाथन पनि मरे।”