2 Samuel 1:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले जवाफ दियो, “संयोगवश म गिल्बो पहाडमा थिएँ। मैले देखें कि शाऊल आफ्नो भालाको सहाराले उभिरहेका थिए र रथ र घोडचढीहरू खेद्दै उनको नजिक आइपुगेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस मानिसले भन्यो, “म गिल्बो डाँड़ामा थिएँ, अनि शाऊल आफ्नो भालामाथि झुकेका मैले देखें। अनि रथहरू र घोड़चढ़ीहरू उनको ठीक पछि मात्र थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस जवान मानिसले भन्यो, “म संयोगवश गिल्बो डाँडामा पुगेको थिएँ। त्यहाँ शाऊल आफ्नो भालामाथि झुकेको मैले देखेँ। रथहरू र घोडसवारहरूले तिनलाई भेट्नै लागेका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो सैनिकले उत्तर दियो, “म गिल्बो पर्वतमाथि थिएँ। मैले शाऊललाई आफ्नो भालामा झुकेको देखें। पलिश्ती सैनिकहरू घोडा र रथहरूमा चढेर शाऊलको नजिक आउँदै थिए।