2 Samuel 10:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र इस्राएलीहरूदेखि अरामी सेनालाई भगाइयो। दाऊद र तिनका सेनाले अरामी रथका सात सय सारथिहरू र चालीस हजार घोड-चढीहरूलाई मारे र शत्रुका सेनापति शोबाकलाई घाइते बनाए र त्‍यहीँ लडाइँको मैदानमा उनी मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर इस्राएलले उनीहरूलाई भगाए। त्‍यहाँ दाऊदले सात सय अरामी सारथिहरू र चालीस हजार पैदल-सिपाहीहरूलाई मारे। तिनले शोबाकलाई पनि प्रहार गरे र उनी रणभूमिमा नै मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरू इस्राएलको सामुबाट भागे, र दावीदले तिनीहरूका सात सय रथ-सवारहरू र चालीस हजार पैदल सेनाहरूलाई मारे। तिनले तिनीहरूका सेनाहरूका सेनापति शोबाकलाई पनि प्रहार गरे; अनि तिनी त्यहीँ मरे।
Nepali ERV (पवित्र बाइबल)
तर दाऊदले अरामीहरूलाई हराए अनि अरामिहरू भागेर गए। दाऊदले 700 रथका चालक र 40,000 घोडसवार सैनिकलाई मारे। दाऊदले शोबाक, अरामी सैनिकहरूका कप्तानलाई पनि मारे।