2 Samuel 10:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब हददेजेरका अधीनमा रहेका राजाहरूले हामी इस्राएलद्वारा परास्‍त भयौं भनी थाहा पाए, तब तिनीहरूले इस्राएलीहरूसित सन्‍धि गरे र तिनीहरूको अधीनमा भए। अम्‍मोनीहरूलाई अरू मद्दत गर्न अरामीहरू डराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब हददेजेरका अधीनमा भएका सबै राजाहरूले हामी त इस्राएलद्वारा परास्‍त भएका छौं भनी देखे, तब उनीहरूले सन्‍धि गर्न मागे, र इस्राएलीहरूको अधीनता स्‍वीकार गरे। त्‍यसपछि अरामीहरूले अम्‍मोनीहरूलाई फेरि कहिल्‍यै सहायता दिने आँट गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हददेजेरका अधीनमा रहेका सबै राजाहरूले आफूहरू इस्राएलद्वारा परास्त भएका देखे, तब तिनीहरूले इस्राएलसँग सन्धि गरे। त्यसपछि तिनीहरू इस्राएलीहरूको अधीनमा भए। यसकारण अरामीहरू अम्मोनीहरूलाई फेरि सहायता गर्न डराए।
Nepali ERV (पवित्र बाइबल)
हददेजेरलाई सेवा पुर्योइरहेको राजाहरूले देखे इस्राएलीहरूद्वारा परास्त भएको कुरा। यसैले तिनीहरूले इस्राएलीहरूसँग शान्ति सम्झौता गरे र इस्राएलीहरूका सेवक बने। अरामीहरूले फेरि-फेरि अम्मोनीहरूलाई सहयोग पुर्याउन डराए।