2 Samuel 10:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले दाऊदलाई शत्रु बनाएका छौं भनी अम्मोनीहरूलाई थाहा भयो र तिनीहरूले बेथ-रहोब र सोबाबाट बीस हजार अरामी सिपाही, तोबबाट बाह्र हजार मानिसहरू र माकाका राजालाई एक हजार मानिसहरूसहित ज्यालामा ल्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदसँग उनीहरूको व्यवहार नराम्रो भएको जब अम्मोनीहरूले थाहा पाए, तब उनीहरूले बेथ-रहोब र सोबाका बीस हजार अरामी पैदल-सिपाहीहरूलाई आफ्नो सहायताको निम्ति ज्यालामा ल्याए। उनीहरूले माकाका राजासहित एक हजार र तोबबाट बाह्र हजार मानिसहरू ज्यालामा ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अम्मोनीहरूले दावीदका लागि तिनीहरू अप्रिय भएको कुरा महसुस गरे, तब तिनीहरूले बेथ-रहोब र सोबाहबाट बीस हजार अरामी पैदल-सेना भाडामा लिए। साथै एक हजार मानिसहरूसहित माकाका राजालाई लिए; अनि तोबबाट पनि बाह्र हजार मानिसहरू लिए।
Nepali ERV (पवित्र बाइबल)
अम्मोनीहरूले त्यो सम्झे दाऊदले तिनीहरूलाई उसको शत्रु सोचे। यसकारले गर्दा तिनीहरूले बेत-शहोब र सोबाबाट अरामीहरूलाई ज्यालामा झिकाए। तिनीहरू 20,000 अरामीहरू पैदल सेनाहरू आए। अम्मोनीहरूले पनि माकाका राजासहित 1,000 मानिसहरू र तोबबाट 12,000 मानिसहरू ज्यालामा झिकाए।