2 Samuel 10:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अम्मोनीहरू अघि बढेर गई आफ्नो राजधानी रहोब सहरको मूल-ढोकामा युद्धको लागि मोर्चा बाँधे र अरामीहरू, तोब र माकाका योद्धाहरूले खुला मैदानमा मोर्चा बाँधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अम्मोनीहरू आएर सहरको मूल ढोकामा युद्धको लागि मोर्चा बाँधे, अनि सोबा र रहोबका अरामी र तोब र माकाका मानिसहरूले चाहिँ खुला मैदानमा युद्धको निम्ति मोर्चा बाँधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अम्मोनीहरू आएर सहर जाने मूलढोकामा लडाइँको निम्ति तैनाथ भए। अनि सोबाह र रहोबका अरामीहरू, तोब र माकाका मानिसहरूचाहिँ खुला मैदानमा मोर्चा बाँधे।
Nepali ERV (पवित्र बाइबल)
अम्मोनीहरू बाहिर आए अनि युद्धको निम्ति तयार भए। तिनीहरू शहरको द्वारमा खडा भए। अरामी सैनिकहरू सोबा र रहोबबाट ती तोब र माका शहरबाट बाहिरका खेतमा जम्मा भएका थिए।