2 Samuel 11:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको पछि बसन्त ऋतुमा जब राजाहरू लडाइँ गर्नलाई जान्थे, दाऊदले योआबलाई आफ्नो अधिकृत र इस्राएली सेनाका साथ लडाइँ गर्न पठाए। योआब गई अम्मोनीहरूलाई जिते र रब्बा सहरलाई घेरा हाले। तर दाऊद आफैंचाहिँ यरूशलेममा नै बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बसन्त ऋतुमा जब राजाहरू लड़ाइँ गर्नलाई निस्कन्छन्, दाऊदले योआब र आफ्ना अरू अधिकृतहरू र सबै इस्राएलका फौजलाई पठाए, र तिनीहरूले अम्मोनीहरूलाई ध्वंस पारे, र रब्बालाई घेरे। तर दाऊदचाहिँ यरूशलेममा नै रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बसन्त ऋतुको समयमा जब शासकहरू युद्ध गर्नलाई जान्थे, तब दावीदले राजाका मानिसहरू र इस्राएलका सम्पूर्ण सेनाको साथमा योआबलाई पठाए। तिनीहरूले अम्मोनीहरूलाई नाश गरे, र रब्बा सहरलाई घेरे। तर दावीदचाहिँ यरूशलेममै बसे।
Nepali ERV (पवित्र बाइबल)
बसन्त ऋतुको समय जब राजाहरू युद्धका निम्ति बाहिर आए र दाऊदले योआब, तिनका अधिकारीहरू र सारा इस्राएली सैनिकहरूलाई अम्मोनीहरू नष्ट गर्न पठाउनु भयो। योआबका सेनाहरूले तिनीहरूको राजधानी रब्बा शहरमा पनि आक्रमण गरे। तर दाऊद यरूशलेममा नै बसे।