2 Samuel 11:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उरियाह आफ्नो घर नगएको सुनेपछि दाऊदले तिनलाई सोधे, “तिमी धेरै दिनपछि फर्किआएका छौ, किन घर गएनौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उरियाह त आफ्नो घरमा गएको छैन” भनी दाऊदले सुनेपछि त्यसलाई भने, “तिमी त लामो यात्राबाट आएका होइनौ र? तिमी किन आफ्नो घरमा गएनौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दावीदलाई उरियाह आफ्नो घर नगएको कुरा बताइयो, तब तिनले उरियाहलाई बोलाएर सोधे, “के तिमी युद्ध यात्राबाट आएको होइनौ? तिमी किन घर गएनौ?”
Nepali ERV (पवित्र बाइबल)
नोकर चाकरले दाऊदलाई भने, “उरियाह घर गएनन्।” त्यसपछि दाऊदले उरियाहलाई भने, “तिमी टाढाबाट आएका थियौ किन घर गएनौ?”