2 Samuel 11:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले उनलाई साँझको खानामा निम्‍त्‍याए र मताए। तर फेरि त्‍यो रात पनि उरियाह घर गएनन्, महलका पालेहरूको कोठामा कम्‍मल ओछ्याएर सुते र रात काटे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊदले त्‍यसलाई खानपान गर्नलाई निम्‍तो दिए, र त्‍यसलाई मत्त्याए। तर बेलुकी त्‍यो बाहिर गयो र राजाका दासहरूसितै आफ्‍नो ओछ्यानमा त्‍यसले रात बितायो, र घरमा गएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदको निम्तोमा तिनले तिनीसित खाए र पिए। दावीदले तिनलाई मताए। तर साँझमा उरियाह आफ्ना मालिकका नोकरहरूसित सुत्न भनी तिनकै ओछ्यानमा गए; तिनी घरमा गएनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि दाऊदले उरियाहलाई उनलाई भेट्नु भने। उरियाहले दाऊदसँगै खान-पिन गरे। दाऊदले उरियाहलाई धेरै मताए। तरै पनि उरियाह उसको घरमा गएनन्। तिनी अन्य सेवकहरू झैं राजमहलको प्रवेशद्वार बाहिर सुते।