2 Samuel 11:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले चिठ्ठी यसरी लेखेका थिए, “घमासान लडाइँ भइरहेको ठाउँको पहिलो पङ्क्तिमा उरियाहलाई पठाऊ। तिमीहरू पछि हट र त्यो मारियोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले चिट्ठीमा लेखे, “शत्रुकै मुखमा, जहाँ लड़ाइँ खूब मच्चिएको छ, त्यहाँ उरियाहलाई पठाएर तिमीहरूचाहिँ पछि हट, र त्यो मरोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसमा तिनले यसरी लेखे, “उरियाहलाई डरलाग्दो युद्ध भएको ठाउँमा पहिलो पङ्क्तिमा राख्नू। तब तिमीहरू ऊदेखि पछि हट्नू, ताकि त्यसलाई प्रहार होस्, र त्यो मारियोस्।”
Nepali ERV (पवित्र बाइबल)
पत्रमा दाऊदले लेखेका थिएः “उरियाहलाई जहाँ घमासन युद्ध हुन्छ त्यही पठाउनु। एक्लो छोडिदिनु अनि युद्धमा नै मरोस्।”