2 Samuel 11:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन बेलुकीपख दाऊद सुतेर उठे र महलको कौसीमा गए। त्‍यहाँ डुल्‍दैगर्दा तिनले एउटी स्‍त्रीलाई नुहाइरहेकी देखे। तिनी अति सुन्‍दरी थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक बेलुकी दाऊद पलङ्गबाट उठेर महलको कौसीमाथि घुमिरहेका बेलामा तिनले एउटी स्‍त्रीलाई नुहाइरहेकी देखे, अनि तिनी अति सुन्‍दरी थिइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक साँझ दावीद आफ्नो ओछ्यानबाट उठे, र राजमहलको कौसीमा डुल्दै थिए। कौसीबाट तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे। ती स्त्री अति सुन्दर थिइन्।
Nepali ERV (पवित्र बाइबल)
साँझमा तिनी ओछ्यानबाट उठे र राजभवनको कौशिमा टहल्नथाले। त्यहि समय दाऊदले कौशिबाट एउटी स्त्रीलाई नुहाउँदै गरेको देखे। तिनी साह्रै सुन्दरी थिईन्।