2 Samuel 11:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिदोनको छोरो अबीमेलेकको मृत्यु कसरी भएथ्यो, के तिमीहरूलाई थाहा थिएन? तिनलाई तेबेसमा एउटी आइमाईले पर्खालबाट एउटा जाँतोको पाटा खसालेर मारेकी थिई। किन तिमीहरू पर्खालको त्यति नजिक पुग्यौ?’ राजाले तँलाई त्यसरी प्रश्न गरे भने तैँले भन्नू, ‘हजुरको हित्ती अधिकृत उरियाह पनि मारिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूबबेसेतका छोरा अबीमेलेकलाई कसले मार्यो? तिनलाई एउटी स्त्रीले जाँतोको पाटा पर्खालबाट खसाइदिएर मारेकी थिइन् र? अनि तिनी तेबेसमा मरे, होइन र? तिमीहरू पर्खालको त्यति नजिक किन गयौ?’— उहाँले यसरी सोध्नुभयो भने उहाँलाई यसो भन्नू, ‘हजूरको दास हित्ती उरियाह पनि मर्यो’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूब-बेशेतको छोरा अबीमेलेकलाई कसले मार्यो? के एउटी स्त्रीले पर्खालबाट जाँतोको माथिल्लो भाग तिनीमाथि खसाइदिएको कारण तिनी तेबेसमा मरेका होइनन् र? तिमीहरू पर्खालको यति नजिक किन गयौ?” यदि उहाँले तँलाई यसरी सोध्नुभयो भने, तब उहाँलाई भन्नू, “हजुरको सेवक हित्ती उरियाह पनि मारिए।”
Nepali ERV (पवित्र बाइबल)
के उसलाई थाहा छैन यरूब्बेशेतका छोरा अबीमेलेकलाई कसले मार्यो? एउटी आइमाईले जाँतोको ढुङ्गाले हानेर अबीमेलेक मरेका थिए। त्यस्तो जान्दा-जान्दै पनि किन पर्खालकै नजिक गएको?’ यदि राजाले यी कुराहरू सोधे भने भन्नु, ‘तपाईंको अधिकारी उरियाह पनि मरे।”‘