2 Samuel 11:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले भन्‍यो, “हाम्रा शत्रु हामीभन्दा बलिया थिए र तिनीहरू सहरबाट निस्‍किएर हामीसित मैदानमा लडाइँ गर्न आइपुगे; तर हामीले तिनीहरूलाई धपाएर सहरको मूल-ढोकासम्‍मै पुर्‍यायौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले दाऊदलाई भन्‍यो, “शत्रुहरू हाम्रा विरुद्धमा खुला फाँटमा जम्‍मा भए, र हामीलाई मिच्‍न लागे। तर हामीले उनीहरूलाई सहरको मूल ढोकासम्‍मै ठेल्‍दै लग्‍यौं?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दूतले दावीदलाई भन्यो, “ती मानिसहरूले हामीलाई मिच्न लागे र हाम्रो विरुद्धमा खुल्‍ला ठाउँमा आए। तर हामीले तिनीहरूलाई सहरको मूलढोकाको प्रवेशद्वारसम्म नै लखेट्यौँ।
Nepali ERV (पवित्र बाइबल)
दूतहरूले दाऊदलाई भने, “अम्मोनका मानिसहरूले हामीलाई मैदानमा धावा बोले। हामी लड्यौं र शहरको फाटकसम्म खेद्‌दै भगायौं।