2 Samuel 11:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शोकको समय पूरा भएपछि दाऊदले तिनलाई महलमा ल्याए। बतशेबा दाऊदकी पत्नी भइन् र एउटा छोरो जन्माइन्। तर दाऊदले गरेका कामसित परमप्रभु खुसी हुनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जब शोकको समय पूरा भयो तब दाऊदले मानिसहरू पठाएर तिनलाई आफ्नो घरमा ल्याए। तिनी दाऊदकी पत्नी भइन्, र एक जना छोरो जन्माइन्। तर जे दाऊदले गरेका थिए त्यसमा परमप्रभु अप्रसन्न हुनुहुन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनको शोकको समय समाप्त भयो, तब दावीदले बतशेबालाई आफ्नो घरमा ल्याए। तिनी दावीदको पत्नी भइन्। अनि तिनले एउटा छोरा जन्माइन्। तर दावीदले गरेको यस कामले याहवेहलाई अप्रसन्न तुल्यायो।
Nepali ERV (पवित्र बाइबल)
तिनले शोकाकुल अवस्था पार गरेपछि दाऊदले नोकरलाई बोलाउन पठाउँछन्। तिनी दाऊदकी पत्नी बन्छिन् र दाऊदको छोरा जन्माउँछिन्। तर परमप्रभुलाई दाऊदको कुकर्म ठीक लागेको थिएन।