2 Samuel 11:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनले उरियाहलाई भने, “घर जाऊ र केही समय विश्राम गर।” उरियाह बिदा भए र दाऊदले उसको घरमा एउटा कोसेली पठाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि दाऊदले उरियाहलाई भने, “तिम्रो घर गएर आफ्ना खुट्टा धोऊ।” त्यो महलबाट निस्केपछि राजाले त्यसको पछिपछि उपहार पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि दावीदले उरियाहलाई भने, “आफ्नो घरमा जाऊ, र आराम गर।” यसकारण उरियाह महलबाट गए। राजाले दिएको उपहार तिनको पछि-पछि पठाइयो।
Nepali ERV (पवित्र बाइबल)
तब दाऊदले उरियाहलाई भने, “आराम गर र आनन्दित हौ।” उरियाहले राजभवन छोडे। राजाले उसलाई उपहारहरू पनि दिए।