2 Samuel 12:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक सातापछि बालक मर्‍यो। दाऊदका अधिकृतहरूले त्‍यो खबर राजालाई सुनाउन डराए। तिनीहरूले भने, “बालक जिउँदै हुँदा हाम्रो बोली सुनेर पनि राजाले जवाफ दिँदैनथे। अब कसरी बालक मर्‍यो भनी सुनाउनू? उहाँले आफ्‍नै कुनै खति गर्लान्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सातौँ दिनमा बालक मर्‍यो। दाऊदका नोकरहरूले तिनलाई बालक मरेको कुरा बताउन डराए। तिनीहरूले भने, “बालक जिउँदो हुँदा हामीले उहाँलाई भन्‍यौं, अनि उहाँले हाम्रो कुरा सुन्‍नुभएन। अब हामी उहाँलाई कसरी बालक मरेको खबर दिनु? उहाँले आफ्‍नो केही हानि गर्नुहुन्‍छ होला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ दिनमा त्यो शिशु मर्‍यो। दावीदका नोकरहरूले त्यो शिशु मरेको खबर दिन डराए। किनकि तिनीहरूले सोचे, “शिशु जीवित हुँदा नै हामीले दावीदसँग कुरा गर्दासमेत उहाँले हाम्रो कुरा सुन्‍नुभएन। अब शिशु मर्‍यो भनेर हामीले उहाँलाई कसरी भनौँ? यो सुनेर निश्‍चय नै उहाँले आफूलाई केही हानि गर्न सक्नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
सातौं दिनको दिन शिशु मर्यौ। दाऊदका नोकरहरूले दाऊदलाई शिशु मरेको खबर भन्न साह्रै डराए। तिनीहरूले भने, “हेर्नुहोस्, शिशु जब जिउँदै थियो त्यस समय त हामीले दाऊदसँग कुरा गर्न सकेनौं। हाम्रो कुरा सुन्नै चाहानु भएन। यदि हामीले शिशु मरेको खबर दियौं भने आफैंले आत्महत्या गर्न सक्लान्।”