2 Samuel 12:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले तिनीहरूलाई आपसमा कानेखुसी गरेका देखे र बालक मरेको थाहा पाए। उनले तिनीहरूलाई सोधे, “बालक मर्यो?” “हजुर, बालक मरे,” तिनीहरूले जवाफ दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आफ्ना नोकरहरूले साउती गरिरहेका दाऊदले देखे, र बालक मरेछ भनी अनुमान लगाए। तिनले सोधे, “बालक मर्यो?” अनि तिनीहरूले जवाफ दिए, “हो, तिनी मरे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले आफ्ना नोकरहरूलाई आपसमा कानेखुसी गरिरहेको देखे, तब तिनले शिशु मर्यो भन्ने थाहा पाए। तिनले सोधे, “के शिशु मरेकै हो?” तिनीहरूले जवाफ दिए, “हजुर, तिनी मरे।”
Nepali ERV (पवित्र बाइबल)
तर दाऊदले नोकरहरूले कानेखुशी गरेको थाहा पाए। तब दाऊदले शिशु मरेको अन्दाज गरे। यसैले दाऊदले नोकरलाई सोधे, “के शिशु मर्यो?” नोकरहरूले जवाफ दिए, “ज्यू, मर्यो।”