2 Samuel 12:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद भूइँबाट उठे, नुहाए, तेल लगाए र लुगा फेरे। त्यसपछि उनी परमप्रभुको भवनमा गएर फर्केपछि उनले खाना मागे र पस्केपछि खाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊद भूइँबाट उठे, स्नान गरेर तेल लाए, वस्त्र फेरे। अनि परमप्रभुको भवनमा गएर तिनी घोप्टो परेर दण्डवत् गरे। त्यसपछि तिनी घर गए, भोजन ल्याउने हुकुम गरे र त्यो तयार भएपछि तिनले खाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दावीद भुइँबाट उठे। त्यसपछि तिनले नुहाए, तेल लगाए, लुगा फेरे। तिनी याहवेहको भवनभित्र गएर दण्डवत् गरे। तिनी आफ्नो घरमा गए; अनि तिनकै अनुरोधमा तिनीहरूले भोजन राखिदिए, र तिनले खाए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि दाऊद भुँइबाट उठे। आफू स्नान। लुगाहरू लगाएर तयार भए। त्यसपछि परमप्रभुको पवित्र स्थानमा आराधना गर्न गए। फर्केर आई खानेकुरा के छ भनेर मागे। नोकर चाकरले खाना टक्राए, तिनले खाए।