2 Samuel 12:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका अधिकृतहरूले भने, “हजुर, हामीले यो कुरा बुझ्‍न सकेनौं। बालक जिउँदो रहुञ्‍जेल हजुरले उसको निम्‍ति आँसु बगाउनुभयो र खाना छोडिदिनुभयो; तर ऊ मर्ने बित्तिकै उठेर खान लाग्‍नुभयो!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका नोकरहरूले तिनलाई सोधे, “यो के हो? जब बालक जिउँदा थिए तब तिनको निम्‍ति हजूर उपवास बस्‍नुभयो, र विलाप गर्नुभयो। तर अब तिनी मरे, र हजूर त उठेर भोजन गर्नुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका नोकरहरूले तिनलाई सोधे, “तपाईंले किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ? जब शिशु जीवित थियो, तब उसका निम्ति तपाईंले उपवास बसेर विलाप गर्नुभयो। तर अब तिनी मरेपछि तपाईं उठ्नुभयो, र भोजन गर्नुभयो!”
Nepali ERV (पवित्र बाइबल)
दाऊदका नोकरहरूले तिनलाई सोधे, “तपाईंले यसो किनगर्नु भयो? जबसम्म शिशु जिउँदै थियो तपाईंले केही पनि खानुभएन। तपाईं रोइरहनु भयो। तर जब शिशु मर्यो अनि उठेर खाना खानुभयो।”