2 Samuel 12:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदले उत्तर दिए, “ठीक हो, त्‍यो बाँचुञ्‍जेल म रोएँ र उपवास बसें। कतै परमप्रभुले अनुग्रह गरेर बालकलाई बाँच्‍न दिनुहुन्‍छ कि भनी मैले सोचेको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले जवाफ दिए, “जब बालक जिउँदो थियो तब परमप्रभुले ममाथि अनुग्रह गर्नुहुन्‍छ र बालक बाँच्‍छ होला भनी विचार गरेर म उपवास बसें, र रोएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले जवाफ दिए, “जब त्यो शिशु जिउँदो थियो, र म उपवास बसेँ, र रोएँ। किनकि मैले सोचेँ, ‘कतै याहवेहले ममाथि कृपा गरेर त्यो शिशुलाई बचाइदिनु पो हुन्छ कि?’
Nepali ERV (पवित्र बाइबल)
दाऊदले भने, “जबसम्म शिशु जीवित रह्यो मैले केही खाइन। र रोइ मात्र रहे कारण मैले सोचें, ‘कसलाई थाहा छ? हुनसक्छ परमप्रभु मेरो निम्ति दुःखी हुनुहुन्छ र शिशुलाई बचाइराख्नु हुन्छ।’