2 Samuel 12:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब त्यो मरिसकेपछि म किन उपवास बस्नू? के म बालकको प्राण फर्काइल्याउन सक्छु र? कुनै दिन म त्यो भएको ठाउँमा पुग्नेछु तर त्यो कहिल्यै मकहाँ आउन सक्नेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब त्यो मरिहाल्यो, त मैले किन उपवास बस्ने? के म त्यसलाई फेरि फर्काई ल्याउन सक्छु र? म त्यसकहाँ जानेछु, तर त्यो मकहाँ फर्की आउनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अब शिशु मरिहाल्यो; यसकारण म किन उपवास बसूँ? के म उसलाई फेरि फर्काएर ल्याउन सक्छु र? म उसकहाँ जानेछु, तर अब त्यो मकहाँ फर्केर आउनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
तर अहिले शिशु मर्यो। अब पनि म किन नखाई बस्ने? के म शिशुलाई जीउँदो पाउन सक्छु? सकिंदैन। कुनै दिन म त्यो भएकहाँ जाउँला, तर त्यो यहाँ मकहाँ आउन सक्दैन।”