2 Samuel 12:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले यस्तो खबर गरेर दूतहरू दाऊदकहाँ पठाए, “रब्बामाथि आक्रमण गरेर मैले त्यसका पानीका मुहान लिएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले यस्तो खबर दिएर मानिसहरू दाऊदकहाँ पठाए, “मैले रब्बालाई चढ़ाइ गरेर त्यसको जलस्रोत लिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब योआबले दावीदकहाँ यसो भनेर दूतहरू पठाए, “मैले रब्बा सहरको विरुद्धमा युद्ध गरेँ, र त्यसको पानीको मुहानहरू पनि कब्जा गरेको छु।
Nepali ERV (पवित्र बाइबल)
योआबले दाऊदकहाँ दूतहरू पठाएर खबर भने, “मैले रब्बा बिरूद्ध लडाईं गरें। मैले पानीको शहर जितें।