2 Samuel 12:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अम्‍मोनी देवता मिल्‍कमको शिरबाट एउटा पैँतीस किलोग्राम वजन भएको र त्‍यसमा एउटा (बहुमूल्‍य) रत्‍न जडेको सुनको मुकुट लिएर दाऊदले आफ्‍ना शिरमा लाए। तिनले सहरबाट लुटका धेरै सामान पनि लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले उनीहरूका राजाको शिरबाट शिरपेच उतारे। त्‍यो एउटा बहुमूल्‍य रत्‍न जड़ेको सुनको थियो, र त्‍यसको ओजन एक तोड़ा थियो, अनि त्‍यो दाऊदको शिरमा राखियो। तिनले सहरबाट औधी धेरै लूटका माल ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले अम्मोनीहरूका राजाको शिरबाट मुकुट लिए, जसको तौल चौँतीस किलो सुनको थियो, र त्यसमा बहुमूल्य पत्थरहरू जडिएका थिए। दावीदले त्यस सहरबाट धेरै मात्रामा लुटका मालसामानहरू लिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले उनीहरूका राजाको मुकुट झिकिदिए। उक्त मुकुटको ओजन झण्डै एक तोडा सुनको थियो। त्यसमा बहुमूल्य पत्थरहरू पनि जडित थिए। तिनीहरूले दाऊदको शिरमा उक्त मुकुट पहिर्याए। दाऊदले शहरबाट धेरै बहुमूल्य सम्पत्ति हात पारे।