2 Samuel 12:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन धनी मान्छेको घरमा एउटा पाहुना आयो। पाहुनाको भोजन तयार गर्न त्यस धनी मानिसले आफ्नै गोठको भेडा वा गोरु मार्न लाएन; तर त्यसको सट्टामा उसले गरीबको भेडाको पाठो मार्यो र पाहुनाको लागि भोजन तयार गर्यो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“एक दिन एउटा परदेशी त्यस धनी मानिसको घरमा आयो, अनि त्यस धनी मानिसले पाहुनालाई आफ्नै बगाल र बथानबाट केही दिने मन गरेन, तर त्यस गरीब मानिसको पाठी ल्याएर त्यस पाहुनाको निम्ति भोजन तयार गर्यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“एक दिन धनी मानिसकहाँ एक जना यात्री पाहुना आयो। तर त्यस धनी मानिसले आफूकहाँ आएको यात्रीको निम्ति भोजन बनाउनको लागि आफ्नो भेडा अथवा गाईबस्तु मार्ने इच्छा गरेनन्। बरु त्यसको सट्टा तिनले त्यस गरिब मानिसको त्यो पाठी लिएर आफूकहाँ आएको व्यक्तिको निम्ति भोजन तयार गर्यो।”
Nepali ERV (पवित्र बाइबल)
“तब एकजना यात्री धनी मानिसलाई भेट्न आए। धनी मानिसहरूले यात्रीलाई भोजन गराउन चाहान्थे। तर आफ्ना भेडा अथवा पशुहरू मारेर खुवाउन चाहाँदैन थिए। यसैले धनी मानिसले त्यस गरिब मानिसको भेडाको पाठी ल्याएर यात्रीलाई खुवाए।”