2 Samuel 12:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किन तैँले मेरो आज्ञा मानिनस्? किन तैँले यो दुष्‍ट कर्म गरिस्? तैँले उरियाहलाई लडाइँमा मार्न लगाइस्। अम्‍मोनीहरूका हातमा त्‍यसलाई मर्न दिइस् र त्‍यसकी स्‍वास्‍नी लगिस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तैंले उहाँको दृष्‍टिमा जे खराब थियो त्‍यो गरेर किन परमप्रभुको वचनलाई तुच्‍छ ठानिस्‌? तैंले हित्ती उरियाहलाई तरवारले मारिस्, र तैंले त्‍यसकी पत्‍नीलाई आफ्‍नी बनाउन लगिस्‌। तैंले त्‍यस मानिसलाई अम्‍मोनीहरूको तरवारले मर्न दिइस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले याहवेहको वचनलाई तुच्छ ठानेर किन उहाँको दृष्‍टिमा जे खराब छ, त्यही गरिस्? तैँले हित्ती उरियाहलाई तरवारले मारिस्, र त्यसकी पत्नीलाई आफ्नी पत्नी बनाइस्। तैँले त्यसलाई अम्मोनीहरूको तरवारद्वारा मारिस्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो?