2 Samuel 13:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उसले तामारलाई भन्यो, “रोटी मकहाँ ओछ्यानमा नै ल्‍याऊ र आफ्‍नै हातले मलाई खुवाऊ।” रोटी लिएर तिनी अमनोनछेउ गइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू सबै गए, तब उनले तामारलाई भने, “खानेकुरा मेरो भित्री कोठामा ल्‍याऊ, र म त्‍यहाँ तिम्रो हातबाट खानेछु।” आफूले बनाएका रोटीहरू तामारले अमनोनकहाँ भित्री कोठामा लगिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि अमनोनले तामारलाई भने, “यहाँ मेरो सुत्ने भित्री कोठामा रोटी ल्याऊ, र म तिम्रो हातबाट खान सकूँ।” अनि तामारले आफूले बनाएका रोटी लिएर आफ्नो दाजु अमनोनकहाँ उनको सुत्ने कोठामा लगिदिइन्।
Nepali ERV (पवित्र बाइबल)
तब अम्नोनले तामारलाई भन्छन्, “सुत्ने कोठामा खाना ल्याएर मलाई आफ्नै हातले खुवाइदेऊ।” त्यसरी तामारले आफूले बनाएको रोटी लिएर दाइको सुत्नेकोठामा गइन्।