2 Samuel 13:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि अमनोनलाई तामारप्रति ठूलो घृणा भयो। अघिको प्रेमभन्दा अहिलेको घृणा अझ धेरै भयो। उसले तामारलाई भन्यो, “निस्‍केर जा।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि अमनोनले तिनलाई अत्‍यन्‍त घृणा गर्न लागे। अमनोनको अघिको प्रेमभन्‍दा अहिलेको घृणा धेरै थियो। अमनोनले तिनलाई भने, “उठेर गइहाल्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि अमनोनले तिनलाई अति घृणा गर्न थाले। वास्तवमा उनले तिनलाई प्रेम गरेको भन्दा बढी घृणा गर्न थाले। अमनोनले तिनलाई भने, “उठ्, र निस्केर गइहाल्!”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि अम्नोनले तामारलाई घृणा गर्न थाले। पहिले जति माया गर्थे त्योभन्दा ज्यादा घृणा गर्नथाले। अम्नोनले तामारलाई भने, “उठेर यहाँबाट गइहाल।”