2 Samuel 13:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाकरले तिनलाई घरबाट निकालेर ढोका बन्द गरिदियो। तामारले कन्ये-राजकुमारीले लाउने त्यस बेलाको पूरा बाहुला भएको लबेदा लाएकी थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चाकरी गर्ने त्यस ठिटाले तिनलाई बाहिर निकालिदियो, र ढोकामा आग्लो लगाइदियो। तामारले विवाह नगरेकी राजकुमारीले लाउने लामो बाहुला भएको लुगा लगाएकी थिइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी उनको नोकरले तामारलाई बाहिर निकालेर ढोका थुनिदियो। तिनले बहुमूल्य बुट्टेदार पोशाक पहिरेकी थिइन्। किनकि राजाको कन्या छोरीहरूले त्यस्तै किसिमका पोशाक लगाउने गर्थे।
Nepali ERV (पवित्र बाइबल)
अम्नोनका नोकरले तामारलाई निकालेर दैलो बन्द गरिदिए। तामारले कन्यकेटीहरूले राजदरवारमा लगाउने लुगा जस्तो लामो बाहुला भएको रङ्गी-बिरङ्गी लुगा लगाएकी थिईन्।