2 Samuel 13:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अमनोनले आफ्नी बहिनी तामारलाई गरेको बेइज्जतीका कारणले अब्शालोमले अमनोनलाई यति घृणा गर्थे कि उनले त्योसित बोल्न पनि छोडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्शालोमले अमनोनलाई असल वा खराब केही भनेनन्। आफ्नी बहिनी तामारलाई बेइज्जत गरेको कारण अब्शालोमले अमनोनलाई घृणा गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्शालोमले आफ्नो दाजु अमनोनलाई असल वा खराब केही पनि भनेनन्; तर तिनले अमनोनलाई घृणा गर्थे। किनकि उनले आफ्नो बहिनी तामारलाई बदनामी गराएका थिए।
Nepali ERV (पवित्र बाइबल)
अब्शालोमले अम्नोनलाई घृणा गर्नथाले। अम्नोनका बारे राम्रो नराम्रो कुनै कुरै गरेनन् अब्शालोमले। आफ्नी बहिनीलाई अम्नोनले व्यविचार गरेको हुनाले घृणा गरे।