2 Samuel 13:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब्‍शालोमले भने, “त्‍यसो भए, कमसेकम मेरा भाइ अमनोनलाई पठाइदिनुहोस्।” “त्‍यो पनि किन जाने?” राजाले सोधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अब्‍शालोमले भने, “हजूर आउन सक्‍नुहुन्‍न भने मेरा दाजु अमनोनलाई हामीसँग आउन दिनुहुन्‍छ कि?” राजाले सोधे, “त्‍यो किन तिमीसँग जाने र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अब्शालोमले भने, “यदि त्यसो होइन भने दया गरी मेरा दाजु अमनोनलाई हामीसित आउन दिनुहोस्।” राजाले तिनलाई सोधे, “त्यो किन तिमीसित जाने?”
Nepali ERV (पवित्र बाइबल)
अब्शालोमले भने, “तपाईं जानु हुँदैन भने मेरा भाइ अम्नोनलाई मसँग जानदिनुहोस्।” राजा दाऊदले भने, “किन उ तिमीसँग जाने?”