2 Samuel 13:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले आफ्‍ना चाकरहरूलाई यस्‍तो आदेश दिए, “जब अमनोन पूरा मातेको देख्‍छौ र म आज्ञा गर्छु, तब तिमीहरूले त्‍यसलाई मार्नू। नडराओ। म आफैं सबै कुराको जिम्‍मेवार हुनेछु। साहस गर, दृढ बस!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्‍शालोमले आफ्‍ना मानिसहरूलाई यस्‍तो आज्ञा दिए, “मौका हेरिबस, अनि जब अमनोन मातेर मस्‍त भएका हुन्‍छन्‌ र म ‘अमनोनलाई मार्‌!’ भन्‍नेछु, तब तिमीहरूले उनलाई मार्नू। डराउने केही काम छैन। यो मेरो हुकुम हो। हिम्मत गरी दृढ़ बस।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्शालोमले आफ्ना मानिसहरूलाई यस्तो हुकुम दिए, “ध्यानसित सुन! जब अमनोन मदिराको पूरा नशामा हुनेछ, तब म तिमीहरूलाई भन्‍नेछु, ‘अमनोनलाई प्रहार गरेर ढालिदेओ,’ अनि त्यसलाई मारिदिनू। तिमीहरू नडराओ! के मैले नै तिमीहरूलाई यो हुकुम दिएको होइनँ र? बलवान् र साहसी बन।”
Nepali ERV (पवित्र बाइबल)
तब अब्शालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अम्नोनलाई होशियार साथ ख्याल राख्नु। जब उ मातेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अम्नोनलाई मारिदिनु। दण्ड पाउने डर नलिनू। मैले आदेश दिएकोले तिमीलाई कुनै सजायय हुनेछैन। अब बलिया र सहासी बन।”