2 Samuel 13:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाकरहरूले अब्शालोमको आदेशअनुसार गरे र अमनोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अब्शालोमका मानिसहरूले तिनले भनेझैँ गरे। तब सबै राजकुमारहरू हतार-हतार आ-आफ्नो खच्चरमा चढ़ेर घरतिर लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब्शालोमका मानिसहरूले तिनले हुकुम गरेझैँ अमनोनलाई मारे। तब राजाका सबै छोराहरू उठेर तिनीहरूका खच्चरहरूमा चढेर भागे।
Nepali ERV (पवित्र बाइबल)
अब्शालोमका जवान सिपाहीहरूले आदेशको पालन गरे। अम्नोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे।