2 Samuel 13:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले त्‍यसो भनिसकेका मात्र थिए, दाऊदका छोराहरू त्‍यहाँ आइपुगे। तिनीहरू रुन थाले। दाऊद र तिनका भारदारहरू पनि मुटु छेड्‍ने प्रकारले धुरुधुरु रोए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले बोलिसक्‍ने बित्तिकै राजकुमारहरू भित्र आए, अनि डाँको छोड़ी विलाप गर्न लागे। राजा र तिनका सबै नोकरहरू पनि धुरुधुरु रोए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले बोलिसक्नेबित्तिकै राजाका छोराहरू जोडसित रुँदै आइपुगे। राजा पनि तिनका सबै नोकरहरूसित धुरुधुरु रोए।
Nepali ERV (पवित्र बाइबल)
योनादाबले भन्दा भन्दै राजकुमारहरू आइपुगे। उनीहरू जोड-तोडले रून लागे। दाऊद र अन्य अधिकारीहरू पनि रून थाले। तिनीहरू साह्रै रोए।