2 Samuel 13:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योनादाबले अमनोनलाई भने, “तिमी राजाका छोरा हौ र पनि म तिमीलाई सधैँ उदास देख्छु। किन, के भयो?” उनले जवाफ दिए, “म मेरो सौतेलो दाजु अब्शालोमकी बहिनी तामारलाई प्रेम गर्दछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले अमनोनलाई भने, “हे राजकुमार, तिमी यसरी दिनदिनै हताश हुँदैजाँदैछौ, मलाई किन कारण भन्दैनौ?” तब अमनोनले उनलाई भने, “म मेरा भाइ अब्शालोमकी बहिनी तामारसँग प्रेममा फसेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले अमनोनलाई सोधे, “तिमी राजाको छोरा भएर पनि किन दिनदिनै दुब्लाउँदै गएका देखिन्छौ? किन मलाई केही भन्दैनौ?” अमनोनले तिनलाई भने, “म मेरो भाइ अब्शालोमकी बहिनी तामारको प्रेममा परेको छु।”
Nepali ERV (पवित्र बाइबल)
योनादाबले अम्नोनलाई सोधे, “प्रत्येक दिन तिमी दुब्लाउँदै गइरहेका छौ। तिमी त राजकुमार हौ। खान लाउनुको कुनै अभाव छैन तरै पनि दुब्लाउँदै छौ मलाई भन त! किन?” अम्नोनले योनादाबलाई भने, “म तामारलाई प्रेम गर्छु। जो अब्शालोमकी बहिनी हुन् तर म तिमीहरूको सौतेलो भाइ हुँ।”