2 Samuel 13:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी बिरामी भएको बहाना गरेर अमनोन ओछ्यानमा सुतिरह्‌यो। दाऊद राजा तिनलाई हेर्न गए। अमनोनले राजालाई भने, “हजुर, कृपा गरी मेरी बहिनी तामारलाई यहाँ आई मेरो सामुन्‍ने केही रोटी आफ्‍नै हातले पकाएर मलाई खुवाउने अनुमति दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले अमनोन बिरामी परेको बहाना गरेर ओछ्यानमा सुतिरहे। जब राजा उनलाई हेर्न आए तब उनले भने, “हजूर, मेरी बहिनी तामार आएर मेरै सामु केही विशेष रोटी बनाइदेओस्, र म त्‍यसको हातबाट खान पाऊँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अमनोन बिरामी भएको बहाना गरेर सुते। जब राजा तिनलाई हेर्न आए, तब अमनोनले राजालाई भने, “म मेरी बहिनी तामार आएर मेरै सामु केही विशेष रोटी तयार गरेको चाहन्छु, ताकि म तिनकै हातबाट खान पाऊँ!”
Nepali ERV (पवित्र बाइबल)
त्यसरी अम्नोन ओछ्यानमा लडेर बिमारीले जस्तै गर्न थाले। राजा दाऊद उसका छोरालाई हेर्न आए। अम्नोनले दाऊदलाई भने, “दया गरी तामार बहिनीलाई मेरो कोठा भित्र आउन अनुमति दिनुहोस्। दया गरी भनिदिनु होस् मेरो अघिल्तिर दुइवटा रोटी बनाइदिनुहोस्। त्यसपछि म तिनकै हातबाट खान्छु।”