2 Samuel 13:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनले ताईबाट रोटी निकालिन् तर अमनोनले खाएन। उसले भन्यो, “सबैलाई जान लगाऊ,” र तिनीहरू सबै बिदा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले तावा लगेर अमनोनको सामुन्ने रोटी हालिदिइन्, तर अमनोनले खान मानेनन्। तब अमनोनले सबैलाई आफ्नो कोठाबाट जाने हुकुम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले तावाबाट रोटी लिइन्, र अमनोनको सामु राखिदिइन्, तर उनले खान मानेनन्। उनले भने, “यहाँबाट सबैलाई बाहिर पठाइदेओ।” यसकारण सबै जनाले उनलाई छोडेर गए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तावाबाट रोटी निकालेर अम्नोनलाई भाग लगाइदिन्। तर अम्नोनले खान मानेनन्। अम्नोनले आफ्ना नोकरहरूलाई बाहिर जानु भने, यसैले सबै बाहिर गए।