2 Samuel 14:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले सोचें कि राजाको प्रतिज्ञाले मेरो रक्षा हुनेछ किनभने राजा परमेश्‍वरका दूत हुन् अनि भलो र खराब छुट्ट्याउन सक्‍छन्। परमप्रभु परमेश्‍वर हजुरसित रहून्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब हजूरकी दासी यो भन्‍छे, ‘मेरा हजूर राजाका वचनले मलाई विश्राम देऊन्, किनभने खराब र असल छुट्ट्याउनमा हजूर त परमेश्‍वरका एक स्‍वर्गदूतजस्‍तै हुनुहुन्‍छ। परमप्रभु हजूरका परमेश्‍वर हजूरसँग रहून्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अहिले हजुरकी सेविका भन्छे, ‘मेरा मालिक महाराजाको आदेशले मेरो उत्तराधिकार बचाऊन्; किनकि मेरो मालिक महाराजा असल र खराब छुट्याउन परमेश्‍वरका दूतझैँ हुनुहुन्छ। याहवेह हजुरका परमेश्‍वर हजुरसँग रहून्!’ ”
Nepali ERV (पवित्र बाइबल)
म निश्चित थिए कि मेरो राजाको वचनले मलाई सहयोग हुनेछ। कारण तपाईं त परमेश्वरको दूत जस्तै हुनुहुन्छ। तपाईंलाई राम्रो र नराम्रो के हो थाहै छ। परमप्रभु तपाईंका परमेश्वर तपाईंको साथमा रहून्।”