2 Samuel 14:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर राजाले अब्शालोम राजमहलमा बस्न पाउनेछैन भनी आज्ञा दिए। राजाले भने, “म त्यसलाई हेर्न चाहन्नँ।” अब्शालोम आफ्नै घरमा बास गर्न लागे र राजाको सामुन्ने देखा परेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर राजाले भने, “त्यो आफ्नै घरमा बसोस्। त्यो मेरो उपस्थितिमा नआओस्।” यसैले अब्शालोम आफ्नै घरमा गए, र राजाको सामुन्ने देखा परेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर राजाले भने, “त्यो आफ्नै घरमा गएर बसोस्; त्यो मेरो उपस्थितिमा नआओस्।” यसकारण अब्शालोम आफ्नै घरमा गए, र तिनले राजाको अनुहार देखेनन्।
Nepali ERV (पवित्र बाइबल)
तर राजा दाऊदले भने, “अब्शालोम उसको आफ्नै घर जानसक्छ। उ मलाई भेटून नआवोस्।” यसैले अब्शालोम आफ्नै घर गए। अब्शालोम राजालाई भेटून जान सकेन।