2 Samuel 14:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनले योआबलाई आफ्‍नो पक्षबाट राजाकहाँ पठाउन बोलाउन पठाए; तर योआब आएनन्। अब्‍शालोमले उनलाई फेरि बोलाउन पठाए; तर योआब अझै आउन मानेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले राजाकहाँ समाचार पठाइदिन योआबलाई बोलाइपठाए, तर योआब आउन मानेनन्‌। अब्‍शालोमले तिनलाई दोस्रो पल्‍ट पनि बोलाइपठाए, तर तिनी अझै पनि आउन मानेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि अब्शालोमले राजाकहाँ खबर पठाउन भनी योआबलाई बोलाइपठाए। तर योआबले तिनीकहाँ आउन इन्कार गरे। यसकारण तिनले दोस्रो पटक पनि बोलाइपठाए। तर तिनले फेरि पनि आउन इन्कार गरे।
Nepali ERV (पवित्र बाइबल)
अब्शालोमले योआबकहाँ दूत पठाए। दूतहरूले योआबलाई भने अब्शालोमलाई राजासँग भेट गराइ देऊ। तर योआब अब्शालोम कहाँ आएनन्। दोस्रो चोटि पनि अब्शालोमले खबर पठाए। तर योआब आउन मानेनन्।