2 Samuel 14:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसकारण अब्‍शालोमले आफ्‍ना नोकरहरूलाई भने, “हेर, योआबको खेत हाम्रै छेउमा पर्छ। त्‍यहाँ जौ उम्रिरहेको छ। गएर त्‍यसमा डढेलो लगाइदेऊ।” तिनीहरू गएर खेतमा डढेलो लाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अब्‍शालोमले आफ्‍ना नोकरहरूलाई भने, “योआबको एउटा बारी मेरै बारीको छेउमा छ, अनि त्‍यसमा जौ उम्रिरहेको छ भनी तिमीहरूलाई थाहै छ। जाओ, गएर त्‍यसमा आगो लगाइदेओ।” यसैले अब्‍शालोमका नोकरहरूले त्‍यसमा आगो लगाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले आफ्ना नोकरहरूलाई भने, “हेर, योआबको खेत मेरै खेतको नजिक छ; त्यहाँ तिनको जौ छ। जाओ, र त्यसमा आगो लगाइदेओ।” यसकारण अब्शालोमका नोकरहरूले योआबको त्यस खेतमा आगो लगाइदिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि अब्शालोमले नोकरहरूलाई अह्राए, “हेर, मेरो खेतकै छेउमा योआबको जौंको बाली पाकिरहेको छ। गएर त्यसमा आगो लगादेऊ।” यसरी अब्शालोमका नोकरहरू गएर आगो लगाइदिए।