2 Samuel 14:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि योआब दाऊद राजाकहाँ गए र अब्‍शालोमले भनेका कुरा सुनाइदिए। राजाले अब्‍शालोमलाई बोलाउन पठाए। अब्‍शालोम राजाकहाँ गए र उनको सामुन्‍ने दण्‍डवत् गरेर भूइँमा घोप्‍टिए। राजाले म्‍वाइँ खाएर उनको स्‍वागत गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले योआब राजाकहाँ गएर राजालाई यो कुरा सुनाइदिए। तब राजाले अब्‍शालोमलाई बोलाइपठाए। तिनी आए, र राजालाई नम्रतापूर्वक साष्‍टाङ्ग-दण्‍डवत्‌ गरे। अनि राजाले अब्‍शालोमलाई म्‍वाइँ खाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण योआब राजाकहाँ गए, र यो कुरा सुनाइदिए। तब राजाले अब्शालोमलाई बोलाइपठाए। अनि तिनी राजाको सामु आए, र घोप्टो परेर दण्डवत् गरे। राजाले खुशी भएर अब्शालोमलाई म्वाइँ खाए।
Nepali ERV (पवित्र बाइबल)
तब योआब राजाकहाँ आएर अब्शालोमका सबै कुरा बताउँछन्। राजाले अब्शालोमलाई बोलाउँछन्। त्यसपछि अब्शालोम राजालाई भेटून आउँछन्। राजाका अघि अब्शालोम झुकेर उभिन्छन्। अनि राजाले अब्शालोमलाई म्वाईं खान्छन्।