2 Samuel 15:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनले यस्तो खबर लिएर सारा इस्राएली कुलहरूमा आफ्ना दूतहरू पठाए, “जब तिमीहरू तुरही फुकेको आवाज सुन्छौ, तब उच्च स्वरले भन्नू ‘अब्शालोम हेब्रोनका राजा भए!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अब्शालोमले इस्राएलका सबै कुलहरूमा यसो भनेर गुप्त समाचारवाहकहरूलाई पठाए, “तुरहीको सोर सुन्ने बित्तिकै तिमीहरूले भन, ‘अब्शालोम हेब्रोनमा राजा हुनुभयो’!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अब्शालोमले इस्राएलभरि मानिसहरूलाई यसो भन्नलाई गुप्तमा दूतहरू पठाए, “तुरहीहरूको आवाज सुन्नेबित्तिकै तिमीहरूले यसो भन्नू, ‘हेब्रोनका राजा अब्शालोम हुन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
तर अब्शोलोमले इस्राएलका सबै परिवार समूहमा गुप्तचर पठाए। ती गुप्तचरहरूले मानिसहरूलाई भने, “जब तिमीहरूले तुरही बजेको सुन्छौ, भन्नु, ‘अब्शालोम हेब्रोनमा राजा भएका छन्।”‘