2 Samuel 15:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्‍शालोमका कुरामा लागेर दुई सय मानिसहरू यरूशलेमबाट तिनका साथमा गएका थिए, तिनीहरूलाई यो षडयन्‍त्रबारे केही ज्ञान थिएन र अन्जानमा तिनका साथ लागेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुई सय जना मानिसहरू यरूशलेमबाट अब्‍शालोमका साथ गएका थिए। तिनीहरूले निम्‍तो पाएका थिए, र यस कुराको केही थाहै नपाई तिनीहरू अजानमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेमबाट दुई सय मानिसहरू अब्शालोमको साथमा गएका थिए। तिनीहरू पाहुनाको रूपमा निम्त्याइएका थिए। यस विषयमा केही थाहा नपाएर तिनीहरू अनजानमै गएका थिए।
Nepali ERV (पवित्र बाइबल)
अब्शालोमले 200 मानिसहरूलाई तिनको साथ लानलाई आमन्त्रित गरे। ती मानिसहरूले यरूशलेम छोडे अनि तिनीसितै हेब्रोन गए। तर तिनको योजना बारे उनीहरू अनभिज्ञ थिए।