2 Samuel 15:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले बलि चढाएको बेला अब्शालोमले गीलोहबाट अहीतोपेललाई बोलाउन पठाए। अहीतोपेल दाऊद राजाका सल्लाहकारमध्ये एक जना थिए। राजाको विरुद्धमा षडयन्त्र बलियो हुँदै गयो र अब्शालोमपट्टि लाग्नेहरूको सङ्ख्या बढ्दै गयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्शालोमले बलिदान चढ़ाइरहँदा गीलोह सहरबाट दाऊदका सल्लाहकार गीलोनी अहीतोपेललाई पनि बोलाइपठाए। यो षड्यन्त्र खूब प्रबल हुँदैगयो, र अब्शालोमतर्फ लागेका मानिसहरूको संख्या पनि बढ्दैगयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अब्शालोमले बलिदान चढाइरहेका थिए, तब तिनले दावीदका सल्लाहकार गीलोनी अहीतोपेललाई पनि आफ्नो सहर गिलोहबाट बोलाइपठाए। यसरी यो षड्यन्त्र शक्तिशाली भयो। अब्शालोमको पछि लाग्नेहरूको संख्या बढ्दैगयो।
Nepali ERV (पवित्र बाइबल)
अहीतोपेल दाऊदका एकजना सल्लाहकार थिए। अहीतोपेल गीलोह शहरका बासिन्दा थिए। जब अब्शालोमले बलिदान चढाउन पुगे तब गीलोह शहरबाट अहीतोपेललाई पनि बोलाए। अब्शालोमको योजना ठीकसँग कार्यन्वित हुँदै थियो अनि धेरै भन्दा धेरै मानिसहरू तिनको पक्षमा लाग्नथाले।