2 Samuel 15:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी आफैं चाँडै उठ्थे र सहरका ढोकामा गई उभिन्थे। कुनै मानिस आफ्नो मुद्दा लिएर न्याय खोज्न राजाकहाँ जाँदैगरेको भेटे अब्शालोमले त्यसलाई बोलाएर कहाँबाट आएको भनी सोध्थे। म फलानो कुलको हुँ भनी त्यस मानिसले बताएपछि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी बिहान सबेरै उठेर सहरको मूल ढोकातिर जाने बाटोनेर उभिने गर्थे। अनि कुनै मानिस राजाकहाँ इन्साफ माग्न आउँदा अब्शालोमले त्यस मानिसलाई बोलाएर कुन सहरबाट आएको हो भनी सोध्थे। “हजूर, म इस्राएलको फलानो कुलको हुँ,” भनी जब तिनले जवाफ पाउँथे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी बिहानै उठेर सहरको मूलढोकामा जाने बाटोनिर उभिन्थे। जब कोही व्यक्ति राजाको सामु न्यायको निम्ति आफ्नो मुद्दा लिएर आउँथे, अब्शालोमले त्यसलाई बोलाएर, “कुन सहरका हौ?” भनी सोध्ने गर्थे। मानिसहरूले जवाफ दिन्थे, “तपाईंको सेवक इस्राएलका कुलहरूमध्ये एउटाबाट आएको हुँ।”
Nepali ERV (पवित्र बाइबल)
बिहानै उठेर अब्शालोम फाटकमा उभिन्थे। अब्शालोमले राजाकहाँ न्यायको निम्ति समस्या लिएर जाने कोही मानिसको निधो लिन्थे। तब अब्शालोमले उक्त व्यक्तिलाई सोध्थे, “कुन शहरको वासिन्दा हुनुहुन्छ तपाईं?” त्यस व्यक्तिले जवाफ दिन्थे, “म फलना-फलना इस्राएलको परिवार समूहबाट आएको हुँ।”